काठमाडौ । रगत र रक्ततत्वहरूको अभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशैभर स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माण अभियानलाई तीब्र पारेको छ।

आगामी हुन लागेको केन्द्रीय महाधिवेशनको लागि जिल्ला जिल्लामा अधिबेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने क्रम पनि जारी छ। नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाको प्रथम जिल्ला अधिबेशन विहीवार सम्पन्न गरेको छ।

अधिवेशनले अध्यक्षमा नवीन महर्जन, उपाध्यक्षमा राजु महर्जन, सचिब राजन महर्जन र कोषाध्यक्षमा सुबाष तुलाधरलाई चयन गरेको छ।त्यस्तैगरी सदस्यहरूमा क्रमशः सुरेश महर्जन, अनु महर्जन, गंगा महर्जन, अनन्त प्रसाद श्रेष्ठ, निरोज महर्जन, अशोक महर्जन र राजिब पन्थ चयन भएको हो।

अधिवेशनबाट चयन भएका नयाँ नेतृत्वपंक्तिलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले सपथ ग्रहण गराएका थिए।प्रकाशन मिति–२०७४ साल पुष २७ गते विहीवार ।