काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाज स्थापनाकालदेखि स्वयंसेवी रक्तदाता,रक्तदान कार्यक्रम आयोजक संघ–संस्था,रक्तदानप्रति सहयोग,सदभाग राख्नेहरूको हकहित र पीडित पक्षलाई आवश्यकतानुसार रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको आपूर्तिमा सम्बन्धित निकायलाई साथ–सहयोग दिंदै सेवा पुर्याउँदै आईरहेको सत्यतथ्य सर्वसाधारणमा सर्वबिधितै भएको शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजले भनेको छ।

समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यव्दारा हस्ताक्षरित विज्ञप्तिमा छिमेकी मित्रराष्ट्र चीनबाट फैलिएको कोरोना भाईरस नामक सरूवा रोगको महामारीबाट बच्न र बचाउन नेपाल सरकार तथा मातहतका सम्बन्धित निकायहरूद्वारा जारी गरिएको सार्वजनिक हितका उपायहरू अवलम्बन गर्न र गराउन सबैमा यस अनुरोध गरेको छ।

समय–समयमा नेपाल स्वयंसेवी रक्तदाता समाजले समाजमा खेल्दै आएको आवश्यकतानुसारको कदमले सकारात्मक परिणामहरू दिंदैआईरहेको बताउंदै विज्ञप्तिमा स्वयंसेवी रक्तदाताहरुलाई रक्तदान कार्यलाई निरन्तरता दिन कमी नगर्न भनिएको छ। त्यसैगरेर, रक्तदान गर्न जाँदा भिडभाडबाट टाढा रहने, सकेसम्म रक्तसञ्चार केन्द्रमै पुगि रक्तदान गर्ने, रक्तदान कार्यक्रम आयोजकहरूले रक्तदाताहरूलाई र कार्यक्रममा सहभागीहरू बीच रक्त संकलन शिबिरमा भिड हुनबाट जोगाउने, रक्त परिचारिकाहरूले एक स्वयंसेवी रक्तदातासंग प्रयोग गरिएको डिस्पोजिवल ग्लोबलाई अर्को स्वयंसेवी रक्तदातालाई पुनःप्रयोगमा नल्याउने, रक्त संकलन शिबिरमा प्रचुर मात्रामा पानीको प्रयोग गर्न दिने, रूघाखोकीको शंका लागेका ब्यक्तिहरूलाई रक्त संकलन शिबिरमा सहभागी हुनबाट जोगाई आवश्यक उपचारको लागि सल्लाह दिने तथा रक्त संकलन शिबिरलाई स्वच्छ र सफा राख्न कुनै किसिमको कसर बाँकी नराख्न अनुरोध गरेको छ।

यि र यस्ता जोखिमबाट बच्न र बचाउन आवश्यक कदम चालि समस्त स्वास्थ्य क्षेत्रलाई स्वस्थ र स्वच्छ राख्न सम्पूर्ण जनमानसमा हार्दिक अपिल समेत गर्दर्छौं भनेर विज्ञप्तिमा भनिएको छ।
प्रकाशन मिति–२०७६ साल फागुन २४ गते शनिवार ।