काठमाडौं। नेपाल स्वयंसेवी रक्तदाता समाजलाई मनैदेखि सहयोग गर्ने जमातको दिनानुदिन बृद्धि भएको छ। रगतको हाहाकारको बेलामा समेत सहज रगत उपलव्ध गराएर मानव सेवा गर्दैआएको नेपाल स्वयंसेवी रक्तदाता समाजलाई मनैदेखि सहयोग गर्नेहरुको संख्यामा बृद्धि भएको हो।

कोही कसैलाई रगतको आवश्यकता परेको बेला जुनसुकै अवस्थामा पनि जहाँवाट जसरी पनि रगत उपलव्ध गराएर मानवहितको सेवामा समर्ति नेपाल स्वयंसेवी रक्तदाता समाजलाई समाजका आजीवन सदस्य महेशकुमार श्रेष्ठको संयोजकत्वमा दिव्यमणि दीक्षित, कञ्चन वाग्ले आचाजु, दशवहादुर महर्जन, जीतेन्द्र महर्जन, महेश कुमार श्रेष्ठ, जेशिश खड्गी, उदय ध्वँजुले जनही नगद २ हजारको दरले नगद १४ हजार र विजयकुमार महर्जन, बैकुण्ठ ढुंगाना, कृष्णकाजी बाडे, पुरुषोतम श्रेष्ठ, उदय बहादुर श्रेष्ठ, सुवर्ण खड्गीले जनही नगद १ हजारको दरले ६ हजार तथा प्रेमरत्न बज्राचार्यवाट प्राप्त नगद २ सय गरेर २० हजार २ सय समाजको लागि सहयोग प्राप्त भएको समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिएका छन्।

यसरी नै सहयोग गर्न चाहने सहयोग दाताहरुले नेपाल स्वयंसेवी रक्तदाता समाजको रिलायन्स फाइनान्स लिमिटेडमा रहेको खाता नंबर ३०१११०००००९३१ सहयोग दाखिला गरिदिन पनि समाजका केन्द्रिय अध्यक्ष कर्माचार्यले अनुरोध गरेका छन्।


प्रकाशन मिति–२०७९ साल भाद्र १४ गते मंगलवार ।