काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका वर्तमान निर्विरोध निर्वाचित अध्यक्ष प्रेमलाल श्रेष्ठको मन चित्रमय नै हुने गरेको छ। व्यवसाय हेभी इक्विप्मेन्ट भएतापनि मन भने, चित्रमय अर्थात कलामय नै हुने गरेको हो।

हेभी इक्विप्मेन्टको हार्ड व्यवसायमा अहोरात्रलीन भएतापनि मनलाई आनन्दमय वनाउने कार्य चित्रवाटै हो। सानैदेखि चित्रमा रम्दैआएका हेभी इक्विप्मेन्ट व्यवसायी प्रेमलाल पचासको अन्तिम दशकसम्म पनि चित्रकै व्यवसायमा रम्दैआएका प्रकृतिप्रेमी कलाकार हुन्।

काभ्रेको दाप्चा थाकथलो भएतापनि काठमाडौंको बागबजारलाई कर्मथलो बनाएर दुई दशकभन्दा बढी प्रेमकला नामवाट चित्रकलाको व्यवसायमा रमाएका थिए। प्रेमलाललाई प्रेमलाल श्रेष्ठभन्दा बढी बागबजारमा प्रेमकला भनेर सवैले चिन्ने गरिन्थ्यो।

अझैपनि प्रेमकला भनेर नाम कमाएका प्रतिष्ठित चित्रका ख्यातिप्राप्त कलाकार प्रेमलाल श्रेष्ठले पेशा परिवर्तन गरेतापनि चित्रवाट मनभने, कहिल्यै पनि हटेन। आफू आवद्ध भएको नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघमा चित्रको कलाकारितालाई विशेष स्थान दिने कार्य पनि प्रेमलालवाटै भएको हो।

महासंघले दशकौं देखि निकाल्दैआएको क्यालेण्डरमा चित्र कलाकारितालाई विशेष स्थान दिने कार्यमा प्रेमलालको ठूलो योगदान रहेको छ। यसकारण चित्रका कलाकार तथा हेभी इक्विप्मेन्ट व्यवसायी वीचको संवन्धमा नङ र मासुको जस्तै बनेको छ।

चित्रका कलाकारलाई महासंघले बर्षेनी सम्मान गरेर आफ्नो सामाजिक उत्तरदायित्व कायम गर्ने कार्य गर्दैआएको छ। जुन हरेक चित्रका कलाकारहरुका लागि गौरबताको विषय हो।


प्रकाशन मिति–२०७८ साल बैशाख १९ गते आइतवार ।