काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन तथा चौथो साधारण सभावाट सर्वसम्मत निर्वाचित अध्यक्ष प्रेमलाल श्रेष्ठ तथा नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम भएको छ। ललितपुरको सानेपास्थित प्रतिष्ठित क्लासिक भेन्यू परिवारले बधाई तथा शुभकामना कार्यक्रमको  आयोजना गरेको हो।

आइतवार आयोजित कार्यक्रममा नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका सर्वसम्म निर्वाचित लोकप्रिय अध्यक्ष प्रेमलाल श्रेष्ठको टीमलाई क्लासिक भेन्यूका सर्वज्ञमुनी तुलाधर लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको लक्ष्य तथा उदेश्यनुरुप हेभी इक्विप्मेन्ट व्यवसायीहरुको हक, हित तथा अधिकारका लागि लागिपर्ने प्रतिवद्धता सर्वसम्मत निर्वाचित अध्यक्ष प्रेमलाल श्रेष्ठले व्यक्त गरेका छन्।

कार्यक्रममा नव निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई प्रमाण–पत्र वितरण तथा महासंघको गौरबमय क्यालेण्डरको विमोचन समेत गरिएको थियो। बरिष्ठ कलाकार किरण मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्यालेण्डरमा कलाकृति उपलव्ध गराउने कलाकारहरुलाई सम्मान समेत प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७८ साल बैशाख ६ गते सोमवार ।