काठमाडौं। नेपालभाषाको चर्चित नेवाःअनलाइन न्यूजले नेवाःयुट्युब च्यानल पनि प्रारम्भ गरेको छ। आइतवार काठमाडौंको नेपाःब्याक्वेटमा आयोजित कार्यक्रममा नेवाःयुट्युब च्यानलको शुभारम्भ गरेको हो।

नेपालभाषाका अगुवा निरञ्जनरत्न शाक्यले नेवाःयुट्युब च्यानलको स्वीच अन गरेर शुभारम्भ गरेका हुन्।

उक्त स्वीच अन कार्यक्रममा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरले स्वागत भाषण गर्दै युट्युब च्यानलको लोकप्रियतालाई मध्यनजर राख्दै नवयुगको चाहना अनुरुप नेपालभाषामा नेवाःयुट्युब च्यानल शुरु भएको भनेका छन्।

कार्यक्रममा नेवाःयुट्युब च्यानलका संरक्षक सुजिव बज्राचार्य लगायत राजिव राजोपाध्याय, ललेन्द्र शाक्य लगायतले यसको महत्व र आवश्यकतामाथि प्रकाश पारेका थिए।
प्रकाशन मिति–२०७५ साल मंसिर २३ गते आइतवार ।