Madan Krishna & Chaitya Devi awarded 1काठमाडौ। नेपालभाषी चलचित्रको उत्थान तथा प्रमोसनको लागि गठित सांगठनिक संस्था नेवाः फिल्म सोसाइटीले आयोजना गरेको दोश्रो नेवाः फिल्म सोसाइटी फिल्म फेस्टिबल संपन्न भएको छ।

Madan Krishna & Chaitya Devi awarded 2

समापन समारोहमा नेपालको प्रथम चलचित्र आमाको आमा अभिनेत्री चैत्यदेवी सिंह र कमेडी किङ मदनकृष्ण श्रेष्ठलाई विशेष फिल्म फेस्टिबल सम्मान प्रदान गरिएको छ। नेपालका लिजेन्ड गायक प्रेमध्वज प्रधान तथा नेपालभाषाका अग्रज संगीतकर्मी भृगुराम श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहमा चैत्यदेवी र मदनकृष्णलाई उक्त सम्मान प्रदान गरिएको हो।

Madan Krishna & Chaitya Devi awarded 3

शुक्रबार र शनिवार आयोजित नेपालभाषी फिल्म फेस्टिबलमा दुई दशकअगाडि जापानमा पुरस्कृत विशेष नेपालभाषाको फिल्म पखाःको साथमा थम्हःम्हुगु गाः,कल्लि, चन्द्रमान, कथहं, तापलय, लिधंसा र तीन तिकःमहा बिकः प्रदर्शन गरिएको थियो। फिल्म तापलय भने पब्लिक च्वाइसमा परेको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १२ गते आइतवार ।