काठमाडौ। नेवाः आर्टिष्ट हेल्थ फण्डको सहयोगार्थ सुखावती मल्टी प्रोड्क्सनको आयोजना तथा संझना ल्याब क्लिनिकको प्रस्तुतिमा यही आउने नयाँ बर्ष २०७५ सालको बैशाख २२ गते नेपालभाषाकी चर्चित गायिका दीपा महर्जनको एकल सांझ हुने भएको छ।

त्यो पनि काठमाडौको दरबारमार्ग स्थित फाइभ स्टार होटल याक एण्ड यतिमा गर्ने तय गरिएको हो। यसको लगभग संपूर्ण तयारी कार्य भैरहेको छ। शालिन तथा भव्य रुपमा कार्यक्रम गर्ने उदेश्यले सुखावती मल्टी प्रोड्क्सनले यस कार्यक्रमलाई फाइभ स्टार होटलमा गरिन लागेको हो।

विशेषत उपल्लो दर्शकको चाहना र सोचलाई मूर्तरुप दिन तथा उहाँहरुको अनुरोधलाई स्वीकार गरेर फरक ढंग अनि शैलीले गर्न लागेको आयोजक सुखावती मल्टी प्रोडक्सनका कार्यकारी निर्देशक सुरेन्द्र तुलाधरले भिजन संसारलाई भनेका छन्।

लाइभ म्युजिक कन्सर्ट तथा रात्रीभोज सहितको दीपा महर्र्जन नाइटको टिकट दर जनही नगद ३ हजार राखिएको छ। कार्यक्रममा गायिका दीपा महर्जनले कालजयी गीतहरु प्रस्तुत गर्ने भएकी छन्। उनलाई नेपालका अत्यन्त लोकप्रिय हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठको समेत साथ रहने छ।

प्रकाशन मिति–२०७४ साल फागुन ७ गते सोमवार ।