Newa Deye Dabu 3काठमाडौ। नेवारहरुको एकताको प्रमुख छाता संगठन नेवाः देय् दबूको छैटौँ राष्ट्रिय महाधिवेशनबाट नरेश ताम्राकार अध्यक्षमा चुनिएका छन्। शनिबार दाङ्गमा भएको निर्वाचनमा ताम्राकारले एक सय ९३ मत प्राप्त गरी विजयी बनेका हुन्।

आइतवार सम्पन्न मतगणनाअनुसार ताम्राकारका प्रतिद्वन्द्वी पवित्र बज्राचार्यले एक सय ५० मत प्राप्त गरेका थिए। प्रदेश उपाध्यक्षतर्फ १ नं प्रदेशको उपाध्यक्षमा कृष्ण उदास, २ मा शङ्करराम श्रेष्ठ, प्रदेश नं ३ मा चन्द्रलाल राजभण्डारी, ४ मा शङ्करनारायण श्रेष्ठ, ५ मा दीपककुमार श्रेष्ठ, ६ मा विलन श्रेष्ठ र ७ मा एककुमार श्रेष्ठ चयन बनेका छन्। खुल्ला पुरुष सदस्यमा माइलाबाबु द्यःला दुई सय ४८, शान्त श्रेष्ठ एक सय ५८, बशान्ता श्रेष्ठ एक सय ४४, सत्यनारायण डङ्गोल एक सय ४३, अनिल मास्के एक सय ४१ र महेन्द्र लिगल एक सय २९ मत प्राप्त गरी विजयी भएका छन्।

महिला खुल्लातर्फ यशोदादेवी श्रेष्ठ दुई सय ६३, निर्मला श्रेष्ठ दुई सय ४३, लक्ष्मी शाक्य दुई सय २८, सीता श्रेष्ठ दुई सय २३, लक्ष्मी प्रजापति दुई सय ११ र सुन्दरी श्रेष्ठ दुई सय १० मत प्राप्त गरी विजयी भएको दाङ जिल्लाका सचिव रोशनमान श्रेष्ठले बताएका छन्।

त्यस्तै, प्रदेश सदस्यमा प्रदेश नं १ मा कमल श्रेष्ठ, २ मा घनश्याम श्रेष्ठ, ४ मा देवेन्द्रकुमार श्रेष्ठ, ५ मा त्रिरत्नलाल शाक्य, ६ मा खगेन्द्रबहादुर श्रेष्ठ र ७ मा विकास श्रेष्ठ चयन बनेका हुन् । प्रदेश नं ३ मा भने हरिकुमार श्रेष्ठ ४१ मत प्राप्त गरी विजयी भएका छन्। सत्ताइस सदस्य निर्वाचनबाट चयन तथा अन्य ६ जना केन्द्रले मनोनीत गर्ने आयोजकले जनाएको छ।

वैशाख ८ गतेदेखि दाङको घोराहीमा सुरु भएको महाधिवेशनमा देशभरका चार सय पाँचजना प्रतिनिधिको सहभागिता थियो । महाधिवेशनमा ६४ जिल्लाबाट प्रतिनिधित्व जनाइएको नेवाः देय् दबू दाङ जिल्ला अध्यक्ष नारायणप्रसाद श्रेष्ठले भनेका छन्।

Newa Deye Dabu 1प्रकाशन मिति–२०७४ साल बैशाख १० गते आइतवार ।