काठमाडौ। नेवार समुदायको कर्मकाण्ड चलाउने ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको जिल्ला समन्वय समितिहरु गठन भएका छन्।

सनातनी धर्मावलम्बीहरुको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले काठमाडौ उपत्यकाका तिनै शहरमा जिल्ला समन्वय समिति गठन गरेको हो।

समाजले जिल्ला समन्वय समिति, काठमाडौं गठन गरेको छ । समाजले काठमाडौंका सदस्यहरुको भेला आयोजना गरेर विरु सुवेदी राजोपाध्यायको संयोजकत्वमा ७ सदस्यीय काठमाडौं समिति गठन गरेको हो। काठमाडौं भेलाले सर्वसम्मत रुपमा चयन गरेको समितिमा सचिवमा सुजित राजोपाध्याय र कोषाध्यक्षमा विभुषा राजोपाध्याय रहेको छ। सदस्यहरुमा विद्या राजोपाध्याय, राजीव राजोपाध्याय, लूजः राजोपाध्याय र सुरभी राजोपाध्याय चयन भएका हुन्।

त्यस्तै समाजको भक्तपुर भेलाले जिल्ला समन्वय समिति भक्तपुर र ललितपुर भेलाले जिल्ला समन्वय समिति ललितपुर गठन गरिसकेको छ। भक्तपुर भेलाबाट वन्दना शर्मा राजोपाध्यायको संयोजकत्वमा ९ सदस्यीय समिति सर्वसम्मतले चयन भएको छ। समितिमा माधुरी शर्मा राजोपाध्याय सचिव, विजया शर्मा राजोपाध्याय कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरुमा गिरीश शर्मा राजोपाध्याय, स्वस्तिका राजोपाध्याय, चेतनराज राजोपाध्याय, रसिक राजोपाध्याय, मिला राजोपाध्याय र प्रीतमराज राजोपाध्याय छन्।

यसैगरी ललितपुर भेलाले उद्धव आचार्य राजोपाध्यायको संयोजकत्वमा ७ सदस्यीय समिति सर्वसम्मतमै चयन भएको छ। ललितपुरको समितिमा सचिवमा त्रिलोचन राजोपाध्याय, रुविना राजोपाध्याय कोषाध्यक्ष, सदस्यमा महेशबाबु राजोपाध्याय, विजेश राजोपाध्याय, बुनु शर्मा राजोपाध्याय र नीरज राजोपाध्याय रहेका छन् ।


प्रकाशन मिति–२०७५ साल बैशाख ३ गते सोमवार ।