Film Award 1काठमाडौ। चलचित्र विकास बोर्डले विभिन्न विधामा नेशनल फिल्म अवार्ड वितरण गरेको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी निवासमा विहीवार विहान आयोजित कार्यक्रममा नेपाली चलचित्रका विभिन्न चलचित्रकर्मीहरुलाई राष्ट्रपति भण्डारीवाट अवार्ड वितरण गरेकी हुन्।

सर्वोत्कृष्ट नायकमा चलचित्र कबड्डी–कबड्डीवाट दयाहाङ्ग राई र नायिकामा नम्रता श्रेष्ठ चलचित्र क्लासिकवाट बनेकी छन्। सवोत्कृष्ट चलचित्र र निर्देशकमा चलचित्र पशुपतिप्रसाद र सोही चलचित्रका निर्देशक दीपेन्द्र के खनाल पुरस्कृत बनेका छन्।

Film Award 2नगद ३ लाख ५१ हजार १ सय ११ रुपैया सहितको नेपाली चलचित्र दीर्घ साधना सम्मानवाट बरिष्ठ हाँस्यअभिनेत्री बसुन्धरा भूसाललाई सम्मानित गरियो। सर्वोत्कृष्ट चलचित्र लेखकमा चलचित्र पशुपतिप्रसादकै खगेन्द्र लामिछानेलाई प्रदान गरियो। चलचित्र क्लासिकका सम्पादक सुरेन्द्र पौडेल, चलचित्र ड्रिम्सका क्यामेरामेन पुरुषोतम प्रधान र सञ्जय लामा, ड्रिम्सका निर्देशक भुवन केसीलाई नव–निर्देशक अवार्ड दिइएको थियो। आदिवासी चलचित्रमा इम्पो देउरालीलाई प्रदान गरियो।

Film Award 3प्रकाशित मिति–२०७३ साल असार १६ गते विहीवार ।