ललितपुर। सिंगापुरमा आयोजना भएको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०१८ को नेपालभाषा संस्करण नेपालमा संपन्न भएको छ। ललितपुरको बागडोल स्थित बेखा पार्टी भेन्युमा शनिवार नेशनल बक्स अफिस नेपालभाषा म्युजिक भिडियो अवार्ड संपन्न भएको हो।

एम्स इन्टरटेन्टमेन्टका प्रमुख निर्देशक स्वतन्त्र महर्जनको संयोजनमा अवार्ड कार्यक्रम संपन्न भएको हो। जसमा नेपालभाषाका म्युजिक भिडियोमा बहुचर्चित निदेशकको अवार्ड ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीले जितेका छन्।

निर्देशकको अवार्ड सुरेश खड्गीको पोल्टामा परेको छ। सर्वोत्कृष्ट तथा बहुचर्चित नायकको दुवै अवार्ड रुपेन श्रेष्ठले हात पारेका छन्। नायिकाको अवार्ड शोभा महर्जनले जितेकी छन्। बहुचर्चित नायिकाको अवार्ड भने रजनी खड्गीले पाएकी छन्।

डिजिटल कारोबारको अवार्ड संचारकर्मी शैलेश डंगोलले जितेका छन्। त्यसैगरेर, संगीतकारको अवार्ड हाल हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनले पाएका छन्।

सर्वोत्कृष्ट म्युजिक भिडियोको गीत रोजी डंगोल श्रेष्ठ तथा सर्वोत्कृष्ट गायिकाको अवार्ड सरिता शाहीको पोल्टामा परेको थियो। यी लगायत २६ विधामा अवार्ड वितरण गरिएको थियो।

अवार्ड वितरण समारोहमा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। अवार्ड कार्यक्रममा नायक धीरेन शाक्य, नायिका कमला दाहाल, फोटोग्राफर च्याङ्बा लामा, अभिनेता रविन्द्र शाही, भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत लगायतले अवार्ड वितरण गरेका थिएन।

प्रकाशन मिति–२०७५ साल कात्तिक १७ गते शनिवार ।