काठमाडौ। नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा सहभागीहरुलार्इ आयोजकले सम्मान गरेको छ। असोज १८ गते सिंगापुरमा सम्पन्न हुन गइरहेको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डका आयोजकलाई काठमाडौमा सम्मान गरिएको हो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आथित्यतामा नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डका सहभागीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा रोयल्टी सङ्कलन समाजका महासचिव महेश खड्का, सङ्गीतकार संघका अध्यक्ष शान्तिराम राई, उपाध्यक्ष चेतन सापकोटा, सचिव बसन्त सापकोटालगायतको बिशिष्ट आतिथ्यतामा अवार्डमा सहभागी एक हजारभन्दा बढी स्रष्टाहरुई सम्मान गरिएको थियो।

पहिलो पटक एकै थलोमा एक हजार भन्दा बढी स्रष्टाहरुलाई सम्मान गर्दै उनीहरुमा उत्साह र प्रोत्साहन थप्ने कामको थालनी गरेको अवार्ड संयोजक तथा आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.सुवेदी).ले बताएका छन्।
प्रकाशन मिति–२०७५ साल साउन २९ गते मंगलवार ।