काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ।

परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारी दम्पत्तिलाई पक्राउ गरेको हो।

प्रहरीले उक्त उद्योगबाट ४४ कार्टुुन मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, मसला प्याक गर्ने प्लाष्ट्रिक ११ वण्डल, तयारी स्याम्पुु ३७० बाकस, स्याम्पुुको कच्चा पदार्थ दुुई बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेसिन तीन थान बरामद गरेको छ।

रु ५० लाख अधिकृत पूँजी बराबरको कम्पनी खोलेको र वार्षिक दुुई करोड बराबरको कारोबार गर्ने गरेको अनुुसन्धानमा खुलेको छ । पक्राउ परेका विडारी दम्पत्तिलाई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक २९ गते विहीवार ।