काठमाडौं। इन्टरनेशनल व्युटी पेजेन्ट मिस प्लानेटमा भाग लिन मानार्थ मिस नेपाल प्लानेटको उपाधि प्रदान गरिएको छ। उक्त उपाधिबाट मिस नेशनल विजेता नैना खड्गीलाई सम्मान सहित प्रदान गरिएको आयोजक कराओके इन्टरटेन्टमेन्टले जनाएको छ।

मिस नेपाल प्लानेटको उपाधि शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले राज्यमन्त्री मानन्धरकै बालाजु बाइबासस्थित अष्टनारायण हलमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो।

त्यसको अलावा आयोजक कराओके इन्टरटेन्टमेन्टले दीपावलीको अवसर पारेर तीन व्यक्तित्वहरुलाई हिरो अफ द नेशन अवार्ड प्रदान गरिएको छ। चर्चित गायक निर्णय श्रेष्ठ, फेशन पत्रकार तथा व्युटी पेजेन्टका प्रशिक्षक रोजिन शाक्य, नेपाली सेनाका पूर्व कर्णेल तथा हिमालयन गोर्खा सेक्युरिटीका प्रमुख अमर थापा  हिरो अफ द नेशन अवार्ड प्रदान गरिएको छ।

त्यसैगरेर, मिस नेपाल प्लानेटको उपाधिवाट विभूषित मिस नेशनल नैना खड्गी र गायक प्रशान्त श्रेष्ठ विशेष सम्मान प्रदान गरिएको जानकारी आयोजक कराओके इन्टरटेन्टमेन्टका कार्यकारी अध्यक्ष तथा प्रमुख खगेश रञ्जितकारले वताएका छन्। प्रकाशन मिति–२०७७ साल कात्तिक २७ गते विहीवार ।