काठमाडौं। युगिन गायक प्रवेशमान शाक्यको गायनमा निर्मित नेपालभाषाको म्युजिक भिडियोले रेकर्ड नै राखेको छ।

दशैंको अवसरमा भुतुमाली बोलको नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक भएको नौ दिनमा एघार हजारभन्दा बढी दर्शकले हेरिसकेको छ।

छोटो समयमा यति धेरै दर्शकले हेरिदिएर आफूलाई अत्यन्त प्रेरित गरेको यस गीतका गीतकार शैलेश शाक्य लगं बरेजुले भिजन संसार डटकमलाई दिएका छन्।

गायिका रिता महर्जनको संगीत रहेको यस गीतको भिडियोमा नेपालभाषाको हिट चलचित्र बसन्त–ऋतुका नायक किशोर चिपालु र नायिका शोभा महर्जन लगायतको बेजोड अभिनय रहेको छ।

प्रकाशन मिति–२०७६ साल असोज २० गते सोमवार ।