काठमाडौं। बडा दशैंको नवरथाको पहिलो दिन घटस्थापनावाट शुरु गरेर नवौं दिन महानवमीसम्म इजरायलमा इलित्रा क्षेत्रीवाट निर्जल ब्रत बसेर समापन गरेकी छन्।

सोमवार इजरायलको समयअनुसार इलित्राले नवरात्रको नवौं दिन महानवमीका दिन निर्जल ब्रत समापन गरेकी हुन्। इजरायलमा नै रहेका पतिदेव डेन्डुप तामाङ तथा आमा रत्ना केसीले कुमारी कन्या नानीहरुको पूजाआजा गरेपछि इलित्राले निर्जल ब्रत समापन गरेको जानकारी इजरायलवाट भिजन संसार डटकमलाई प्राप्त भएको छ।

माँ पाथिभरको अत्यन्त भक्तिनी इलित्रा क्षेत्रीलाई माँ पाथिभरको आशिर्वादले त्यसरी निर्जल ब्रत बस्दा खासै केही असर नपरेको इलित्राले समापन पश्चात बताएकी छन्।

पोहोरको नवरथामा जस्तै यो बर्षपनि नेपाल वाहिर इजरायलमा इलित्रा क्षेत्रीले निरहार निर्जल ब्रत बस्ने कार्य भएको हो।


प्रकाशन मिति–२०७६ साल असोज २१ गते मंगलवार ।