earthquake-in-newzlanadकाठमाडौ। आइतवार गएको शक्तिशाली भूकम्पपछि आज सोमवार विहान फेरि न्यूजल्याण्डमा शक्तिशाली भूकम्प गएको छ। ६.३ रेक्टर स्केलको त्यहा भूकम्प गएको छ। हिजो आइतवार त्यहाँ ७.८ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

न्यूजल्याण्डको दक्षिणी टापुमा गएको उक्त भूकम्पको कारण न्यूजल्याण्डवासी अत्यन्त त्रसित बनेका छन्। अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार त्यहाँको भूकम्पकाृ क्षति बारेमा यकिन जानकारी प्राप्त भएको छैन्।

आइतवारको भूकम्पमा कम्तिमा २ जनाको मृत्यु भैसकेको जनाएतापनि अन्य जानकारी प्राप्त हुन सकिरहेको छैन्। (एजेन्सी) ।
प्रकाशन मिति–२०७३ साल कात्तिक २९ गते सोमवार ।