काठमाडौं। काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ भएको छ । नयाँ वर्ष २०७९ दिन पारेर विहीवार न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उदघाटन भएको हो ।

फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको समुद्घाटन गरेका हुन्। शुद्धता हाम्रा प्रतिवद्धता नारा दिइएको यस पसलबाट गरगहना साथै अन्य सामग्री खरिद गर्दा २४ क्यारेटको शुद्ध सुन पाइने दावी गरिएको छ ।

२९ वर्षीय ज्वेलरी व्यवसायी अमिर सुनारले यस अघि चितवनमा बागलुङ ज्वेलर्सको शुरुवात गरेका थिए । सो समयमा अपेक्षा अनुसार व्यवसाय अगाडि बढ्न नसकेपछि उनी कतार पुगेका थिए । कतारमा १६ महिना सुरक्षा गार्डको काम गरी नेपाल फर्केर बागलुङ ज्वेलर्सलाई पनि नयाँ ढङ्गले अगाडि बढाएका थिए भने चितवनमै फोर नाइन बागलुङ ज्वेलर्सकै नामबाट ज्वेलरी पसल शुरु गरेका थिए ।

काठमाडौंमा व्यवसायको विस्तार गर्ने क्रममा सुनारले न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात गरेका हुन्। अब विदेशमा सिकेको ज्ञान र अनुभवलाई आफ्नै मातृभुमिमा सदुपयोग गर्दै देशको अर्थतन्त्रमा टेवा पु-याउनुका साथै रोजगारीको अवसर श्रृजना गर्ने आफ्नो उद्देश्य रहेको सुनारले बताए।

पसलको शुभारम्भको अवसरमा ज्यालामा ५० प्रतिशत छुटको सुविधा दिइएको छ । यो छुटको सुविधा आउँदो वैसाख १५ गतेसम्म लिन सकिने प्रोप्राइटर सुनारले बताएका छन्।

प्रकाशन मिति–२०७९ बैशाख १ गते विहीवार ।