काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २२ न्यूरोड प्यूखा स्थित एक व्यापारिक कम्पलेक्समा ठूलो आगलागी भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक नजिकको व्यापारिक भवनमा आगलागी भएको हो। सांझ ६ बजेतिर भएको उक्त आगलागी विजुलीको पोलको तार सर्ट भएर भएको हो।

 

 

काठमाडौं महानगरपालिकाको दमकल, जनसेवा प्रहरी तथा स्थानीय जनताको सहयोगवाट समयमा आगो निभाउन सफलता प्राप्त भएको रेक्स सेक्युरिटी सर्भिसका प्रमुख तथा पूर्व नेपाली सेनाका सैनिक अधिकृत खगेश रञ्जितकारले भिजन संसार डटकमलाई बताएका छन्। पूर्व सैनिक अधिकृत रञ्जितकारका अनुसार, लकडाउनको अवस्थामा आगलागी भएको कारण के कति नोक्सानी भयो भनेर आँकन गर्न नसकेपनि कुनै मानविय क्षति नहुनु नै ठूलो कुरा भएको छ।

 

 

आगलागी भएको खवर पाउनासाथ काठमाडौं महानगरपालिका वडा नंबर २२ का लोकप्रिय वडा अध्यक्ष चिनीकाजी महर्जन तुरुन्त घटनास्थलमा आइपुगेर दमकल, प्रहरी र स्थानीय समुदायलाई परिचालन गर्न ठूलो मदत गरेको जानकारी पनि पूर्व सैनिक अधिकृत रञ्जितकारले भनेका छन्। करिब १ घण्टामा भित्रभित्रै सल्किएको आगोलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको थियो।

 

प्रकाशन मिति–२०७७ साल जेठ ४ गते आइतवार ।