the-last-musical-bashकाठमाडौ। इस्वी संवतानुसारको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा ३१ डिसेम्वर शनिवारका दिन एक्टिभ यो मिडिया हाउसको आयोजनामा द लास्ट म्युजिकल बास कार्यक्रम संपन्न भएको छ। मेरो घर निर्माणको लागि सहयोगार्थ भएको न्यू इअर इभ कार्यक्रम अत्यन्त उत्साहजनक रह्यो।

the-last-musical-bash-1नेपालका टप चर्चित गितारिष्ट अनिल शाहीको गितारवादन तथा गायिका सपना रानी जोशी र गायक आनन्द कार्कीका बुनियाद गीतका रस्वादनले कार्यक्रम रंगमय भएको थियो। ललितपुरको झम्सिखेल स्थित मोक्षमा आयोजित उक्त कार्यक्रममा सवैले उत्साहजनक सहभागिता जनाएका थिए।

आयोजक एक्टिभ यो मिडिया हाउसकी अध्यक्ष तथा प्रवन्ध संचालक उमा राजभण्डारीको संयोजनमा हुन गैरहेको मेरो घरको बारेमा प्रोजेक्टर मार्फत सटकट डकुमेन्ट्री प्रस्तुत गरिएको थियो। नेपाली समाजमा विवाह पछि छोरी मान्छेको आखिर घर कहाँ छ भन्ने विषयक तथ्य निक्कै मार्मिक पाइएको छ।

Role Modeling by Sunita Kayastha, Shanti Shrestha & Manju Ranamagar for Mero Ghar.
Role Modeling by Sunita Kayastha, Shanti Shrestha & Manju Ranamagar for Mero Ghar.

समाजमा पिल्सिएका तथा पिछडिएका तिनै नेपाली चेलीहरुको घर बनाउने अभियानमा लागेकी उमा राजभण्डारीव्दारा निर्मित डकुमेन्ट्री फिल्ममा सुनिता कायस्थ, मञ्जु रानामगर, शान्ति श्रेष्ठ, हिमा कोइराला लगायतले रोलमोडलिङ्ग गरेका थिए।

प्रकाशन मिति–२०७३ साल पुस १६ गते शनिवार ।