काठमाडौ। नेपाली चलचित्र पत्रकारिताको त्यो पनि चलचित्र फोटो पत्रकारिता गर्ने संभवत पहिलो धिमाल जातिको पत्रकारमा दिपेश राजथारु नै हो। अझ भन्ने हो भने, धिमाल जातिको मौलिक थरलाई प्रचलनमा ल्याउने प्रथम पत्रकार पनि दिपेश राजथारु नै हुन्।

धेरैले दिपेशलाई थारु भने, कतिले चौधरी भने। बास्तवमा दिपेश राजथारु न त चौधरी नै हो। न त थारु हो। गर्बका साथ भिजन संसारसंगको कुराकानीमा पत्रकार दिपेश राजथारुले आफू धिमाल भएको खुलासा गरेका छन्। धेरैले दिपेशलाई थारु तथा चौधरी संझेपनि आफू त्यो जातिको मान्छे नभएको र धिमाल भएको बताएका हुन्।

दिपेशले राजथारु धिमाल जातिभित्रको एक थर भएको स्पष्ट पारे। पहिलो पल्ट आफ्नो जातिको मौलिक थर राख्दा कतिपय आफ्ना इस्ट–मित्रहरुले पनि गाली गरेको र धिमाल राखेन भनेर आलोचना समेत गरेको त्यो तितो यथार्थता आफूसंग धेरै रहेको दिपेश राजथारुले भिजन संसारलाई भनेका छन्।

त्यो तितो–सत्यवाट बनेका दिपेश राजथारुले नेपाली चलचित्र पत्रकारिताको फोटो पत्रकारितामा स्थान जमाउन झण्डै दुई दशक घुंडा घसेर काठमाडौमा संघर्ष गर्नुपर्यो। खासमा राम्रो डान्सर तथा फोटोग्राफर बन्ने र बनाउने सोचमा पूर्वीनेपालको झापावाट विसं.२०५० सालवाट काठमाडौ झरेका दिपेश राजथारुले साधना कला केन्द्रमा ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठदेखि दि रैम्प मोडलिङ एजेन्सीकी जयन सुव्वा मानन्धरसंगसम्म सहकार्य गरेका छन्।

नृत्य र फोटोग्राफीलाई एकसाथ लाने या नलाने दोमनमा फोटोग्राफीलाई अगाडि बढाएका दिपेश राजथारुले खिचेका त्यो बेलाका धेरै पत्रिकामा विभिन्न कलाकार तथा मोडलका तस्बीर प्रकाशित भयो। तरपनि सोचेजस्तो र खोजेजस्तो त्यो बेलामा फोटोको उचित पारिश्रमिक नपाउने बेलावाट संघर्ष शुरुगरेका दिपेश राजथारुको टर्निङ प्वाइन्ट डीसी नेपाल डटकम ज्वाइन गरेपछि भयो।

फोटोग्राफी र भिडियोग्राफीको उर्बरता ल्याउने कार्य गरेर डीसी नेपाल डटकम मार्फत छलाङ मार्ने कार्य दिपेश राजथारुवाट भयो। जसवाट उनले पछाडि फर्केर हेर्नु परेन। केही समय डीसी नेपालवाट अलग भएर कार्य गरेतापनि फेरि डीसी नेपाल ज्वाइन गरेर त्यो गौरबतालाई निरन्तरता दिने कार्य भएको छ।

चलचित्र क्षेत्रमा नयाँ तथा पुराना पुस्ताका कलाकार तथा मोडल वीच उनको निक्कै डिमाण्ड रहेको छ। उमेरको हकमा ४२ बर्ष पुगिसकेका उनी हालसम्म अविवाहित छन्।

विवाह गर्ने उमेर घर्किन लाग्दा पनि आफू भर्खर जवान भएको र ५५ बर्ष नकटेसम्म जवान नै रहने भएकोले विवाह गर्ने उमेर अझै भएको जिकिर गर्ने कार्य उनीवाट भएको छ। धिमाल जातिको पहिलो चलचित्र फोटोग्राफर बन्ने गौरबता पाएकोमा उनी अत्यन्त खुशी पनि छन्।प्रकाशन मिति–२०७५ साल जेठ ८ गते मंगलवार ।