Ananda Thapa Help 1काठमाडौ। नेपाली चलचित्र कान्छीमा नायक शिव श्रेष्ठको सवारी चालक बनेर निक्कै हंसाउने पुराना बरिष्ठ हाँस्य–कलाकार आनन्द थापालाई ३० हजार उपचार खर्च कलाकारहरुको एक टोलीले हस्तान्तरण गरिएको छ। विगत दुई महिनादेखि पक्षघातको कारण मर्नु र बाँच्नुको दोसाँधमा रहेका प्रतिभाशाली ८४ बर्षिय हाँस्य–अभिनेता थापाको भक्तपुर झौखेल स्थित घरैमा गएर नगद ३० हजार सहयोग गरिएको चलचित्रकर्मी श्याम कार्कीले बताएका छन्।

Ananda Thapa Help 2

चलचित्रकर्मी कार्कीकै पहलमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईवाट प्राप्त उक्त रकमलाई कलाकारहरुको टोलीले हस्तान्तरण गरिएको हो। नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष एवम् बरिष्ठ अभिनेता रविन्द्र खड्का, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, सुनिल कटवाल, श्याम कार्की लगायत थापाको निवासमा पुगेर ३० हजारको चेक शुक्रबार हस्तान्तरण गरिएको थियो।

कसैले नसंझेको कठिन अवस्थामा त्यसप्रकारको सहयोग पाएवाट कलाकार थापाले राहत महशुश गरेका छन्। दुःखको बेलामा त्यसरी घर खोजी खोजी सहयोग गर्न आउने कलाकारहरुको टोलीलाई थापाले धन्यवाद पनि व्यक्त गरेका छन्। कलाकार थापा हाल घरैमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन्।

प्रकाशन मिति–२०७२ साल पुष २५ गते शनिवार ।