काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ। तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामामात्रै १४ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंका १२ जना, ललितपुरका एक जना र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसैगरेर, विगत २४ घन्टामा उपत्यका वाहिर संक्रमित हुनेमा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, बागलुङका १, डडेलधुराका ३, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।
प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।