काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या २९ हजार ६४५ पुगेको जनाएको हो।

बिहीबार संक्रमित हुनेमा काठमाडौं उपत्यकाका मात्रै २०० जना रहेका छन्।
जसमा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म पीसीआर विधिबाट ५ लाख ६६ हजार १५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ६२७ पीसीआर परीक्षण भएका छन्

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २६४ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ जना रहेका छन्। त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ जना रहेको छ।


प्रकाशन मिति–२०७७ साल भाद्र ४ गते विहीवार ।