काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १७ स्थित ठहिटी टोलवाट विगत ३ हप्तादेखि ४३ बर्षको महेन्द्र भनिने पञ्चबुद्ध बज्राचार्य हराइरहेको छ। बेला–बखत हराइरहने पञ्चबुद्ध यसरी हराइरहने भएतापनि पछि घर–ठेगाना पत्ता लगाएर आउने गरेको विगतको इतिहास रहेतापनि यसपाली भने त्यतिका दिन भैसक्दा पनि नफर्केको दुःखेसो पञ्चबुद्धका जेठो दाजु अग्रज अन्तरव्यक्ति-सञ्चारकर्मी धर्मराज बज्राचार्यले भिजन संसार डटकमलाई पोखेका छन्।

सानैदेखि छारेरोगका शिकार पञ्चबुद्धलाई कतिपय अवस्थामा आफू कहां जाँदैगरेको र कता हिंडिरहेको होश पनि नहुने गरेको उनी जाने सवै स्थानमा खोजतलास गर्दापनि नभेटिएको धर्मराजको भनाई रहेको छ। कोरोनाभाइरसका कारण नेपाल लकडाउन भैरहेको बर्तमान अवस्थामा अविवाहित आफ्नो ठाइलो भाइ पञ्चबुद्ध हराइरहंदा खाना खाँदा पनि उसैको मात्र याद आउने गरेको धर्मराजले भनेका छन्।

मेरो भाइ यतिखेर कहाँ–कता–कसरी बसिरहेको होला भनेर अत्यन्त चिन्ता व्यक्त गर्ने धर्मराजले आफ्नो भाइलाई देख्ने र भेट्ने महानुभावले आफूलाई या प्रहरीलाई खवर गरिदिनु भएमा आभार प्रकट गर्दछु भनेका छन्। पञ्चबुद्ध बज्राचार्यलाई देख्ने र भेट्ने महानुभावहरुले निम्न मोवाइल नंबरमा खबर गरेर मानविय सहयोग र साथ दिनु हुन भिजन संसार डटकमको पनि अनुरोध छ। मोवाइल नंबर–9841304864
प्रकाशन मिति–२०७६ साल चैत १३ गते विहीवार ।