काठमाडौ। अनशनको नाममा पटक–पटक अनशन बस्दैआएका डा. गोविन्द केसी काठमाडौको महाराजगञ्ज स्थित शिक्षण अस्पताल परिसरमा आज आइतवारवाट फेरि आमरण अनशन बसेका छन्। नेपालको स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रको सुधारका लागि पटक–पटक अनशन बस्दैआएका डा.केसीले सरकार तथा सरोकारवालाहरुले गरेको संझौताको कुनै कार्यन्वयन नगरेको भन्दै आइतवारवाट आठौ पटक अनशन शुरु गरेका हुन्।

Dr. Govinda KC 1त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनको दोस्रो तल्लाको एउटा कोठामा अनसन बसेका डा. केसीले सरकारले पटक पटक धोका दिएकाले फेरि अनशन बस्न बाध्य भएको बताए। केसीले चिकित्सा शिक्षा ऐन मस्यौदामा सुधार गरी संसदको अधिवेशनबाट पारित गर्न र आफ्नो अधिकार क्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्तलाई संसदबाट महाअधियोगको प्रक्रिया अघि बढाउनसमेत माग गरेका छन्।

केसीले माथेमा प्रतिवेदनको सुझाव विपरित सरकार गएको भन्दै प्रतिष्ठान सम्बन्धि विधेयक परित गर्न खोज्ने सांसदहरुलाई समेत कारवाही प्रक्रिया अघि बढाउन माग गरेका छन्। डा. केसीलाई अस्पताल हाताभित्र अनसन नबस्न आग्रह गर्दै विरोधमा उत्रिएको अस्पताल बचाऊ समूह र डा केसी पक्षधरबीच भनाभन समेत भएको थियो। विवेकशील नेपालीको नाममा केही युवाहरुले डा.केसीका माग जायज भएको भन्दै उनको समर्थनमा अस्पताल बाहिर धर्ना दिएका थिए।
प्रकाशन मिति–२०७३ साल असार २६ गते आइतवार ।