Keki Adhikari in MBA 3काठमाडौ। नेपाली चलचित्रमा अभिनय गर्ने अभिनेत्रीहरुको शिक्षादीक्षा अत्यन्त कम हुने र उनीहरुको पढाई बढीमा आठ कक्षा भन्दा बढी नहुने आरोप तथा यथार्थता केही समयअघिसम्म थियो। यो आरोप मित्था आरोप मात्र नभइकन सत्य पनि थियो। आठ कक्षा फेल हुनासाथ नेपाली चलचित्रमा हिरोइन बन्ने आउने परम्परा एक समयमा थियो। सोही परम्पराको फेसनले धेरै बर्ष गाँजेको नेपाली चलचित्र उद्योगमा हाल आएर पढेलेखेका हिरोइनहरुको प्रतिस्पर्धा चल्न थालेको छ।

Keki Adhikari in MBA 2यसक्रममा पछिल्लो लिष्टमा नायिका केकी अधिकारी थपिएकी छन्। केकीले व्यवस्थापन विषयमा ग्राजुयेट मात्र नगरिकन डिग्री नै हासिल गरेकी छन्। केही दिनअघि एमबीए गरेकी केकी अधिकारी नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनवाट एमबीएको प्रमाण–पत्र पाएकी छन्।

प्रमाण–पत्र वितरण समारोहमा संवोधन गर्ने क्रममा आफूले आमाको सपना पूरा गर्न सफल भएको बताउंदै कोशिश गर्ने मान्छेहरु कहिले पनि नहार्ने तर्क पनि राखेकी छन्। काठमाडौको अनामनगरस्थित प्रेसिडेन्सल कलेजवाट नायिका अधिकारीले एमबीए गरेकी हुन्।

Keki Adhikari in MBA 1प्रकाशन मिति–२०७३ साल साउन १५ गते शनिवार ।