M/s Gita Adhikari-Film Journalist of Nepal

काठमाडौ। नेपाली चलचित्र पत्रकारितामा विगत डेढ दशकदेखि निरन्तरता दिदैआएकी चलचित्र पत्रकार गीता अधिकारीलाई यो बर्षको चलचित्र कलाकार संघ चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ।

नेपाल चलचित्र कलाकार संघको कार्य समितिको बैठकले यो बर्षको चलचित्र पत्रकारिता सम्मान चलचित्र पत्रकार अधिकारीलाई दिने निर्णय गरेको हो।

मिलाप मासिक तथा मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक अधिकारी लगायत उक्त चलचित्र पत्रकारिता सम्मान म्युजिक खवर मासिकका प्रधान सम्पादक तथा अग्रज पत्रकार तुलसी गिरी भावुक र बक्स–अफिस पत्रिकाका प्रधान सम्पादक आरके सुवेदीलाई पनि प्रदान गरिने चलचित्र कलाकार संघले जनाएको छ।

सम्मान फागुन महिनामा एक समारोह वीच संघले प्रदान गर्ने भएको छ।

प्रकाशन मिति–२०७४ साल मंसीर ११ गते सोमवार ।