काठमाडौं। जातजाति र संघीयता कति ठीक कति बेठीक भन्ने विषयमा यतिखेर चर्को बहसको आवश्यकता रहेको छ। जातजाति र संघीयताको विषयमा नै यो बहस उठ्नु स्वभाविक हो ।

यो स्वभाविक या अस्वाभिक विषयमा अढाई दशक देखि जातिय कला तथा संस्कृति विषयमा कलम चलाउंदैआएका पत्रकार पदम श्रेष्ठको जातजाति र संघीयता कति ठीक कति बेठीक नामक नयाँ कृति प्रकाशनमा आएको छ।

विभिन्न जातजातिका विषयमा विश्लेषणात्मक तवरवाट लेखिएको पत्रकार श्रेष्ठको तेह्रौ कृति जातजाति र संघीयता कति ठीक कति बेठीकमा पाँच हजार बर्ष प्राचिन गोपाल बंशदेखि शाहकालसम्मको १२७ राजतन्त्र र वर्तमान संघीयताको विषयमा सुक्ष्म ढंगले विश्लेषण गर्ने प्रयास भएको छ।

साथमा लोपोन्मुख चेपाङ, राउटे, कुसुण्डा जातिदेखि ४२६ दलित थर लगायत तामाङ, नेवार, गुरुङ, खस (ब्राम्हण–क्षेत्री), थारु, थकाली, किराँत राई, लिम्बू, याख्खा, सुनुवार, मगर तथा तेश्रो लिङ्गीसम्मको परिचय दिने कार्य भएको छ। जुन यस कृतिको महत्व र विशेषता बनेको छ। कृतिको प्रकाशक प्रेमराज बासुकला रहेका छन्।

प्रकाशन मिति–२०७८ साल पुस २३ गते शुक्रवार ।