–सुनकुमार अवाल
पनौति (काभ्रे) । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा यतिखेर मकर मेला लागेको छ। बाह्र बर्षमा एकपल्ट लाग्ने पनौतिको मकर मेला यो बर्ष माघ १ गतेवाट एक महिनाको लागि लागेको हो ।

पनौतिको त्रिवेणी घाटमा स्नान गरि इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वासका साथ मकरमेलामा देशभरबाट भत्तजनहरु आउने गरेको जानकारी पनौतिका स्थानीय सामाजिक अभियन्ता कृष्णा सैंजुले भिजन संसार डटकमलाई दिएकी छन्।

कोटेश्वरको दीप नेवाः मिसा पुचकी अध्यक्ष समेत रहेकी सैजुले देवताहरुको समेत पवित्र तिर्थ स्थल रहेको पनौतीको त्रिवेणी घाटमा स्वर्गका राज इन्द्रले समेत १२ बर्ष तपस्या गरि पाप मोचन गरेको बताएकी छन्।

यसकारण पनि पनौतिको त्रिवेणी घाटको महत्व तथा गरिमामा बृद्धि भएको जिकिर सैंजुको रहेको छ। पनौतिको मकर मेला माघ २९ गते शनिवारसम्म मात्र रहेको छ। त्यसपछि, यो मेला अर्को १२ बर्षपछि मात्र लाग्ने जानकारी पनि सैंजुले दिएकी छन्।

प्रकाशन मिति–२०७८ साल माघ २३ गते आइतवार ।