काठमाडौं। नेपालका ख्यातिप्राप्त हांस्य अभिनेता प्रेमचरो अर्थात नारायण त्रिपाठी यतिखेर देशमा छैन्। नेपाल वाहिर सात समुद्रपारि अमेरिकामा छन्। परदेशमा रहनुको पीडा परदेशीलाई मात्र थाहा हुन्छ।

परदेशमा स्वदेश कति रुन्छ भन्ने कुरा परदेशीको मनमा बुझ्न सकिन्छ। त्यो पीडाभित्रको यथार्थता परदेशीको व्यथा भएर बारम्बार बल्झिने गर्दछ। तिनै परदेशीको यथार्थ व्यथामा अभिनेता नारायण त्रिपाठीले सटमुबी परदेशीको व्यथा निर्माण गरेर नारायण त्रिपाठी प्रेमचरो युट्युब च्यानलवाट रिलिज गरेका छन्।

दशै स्पेशल भनेर अभिनेता त्रिपाठीको लेखन तथा निर्देशनमा चलचित्र परदेशीको व्यथा निर्माण भएको छ। जसमा नारायण त्रिपाठी, प्रियंका अयर, जितु गुरुङ, बालकृष्ण चौलागाइ, केशव मिश्र लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ। निर्माण एन.जे.इन्टरटेन्टमेन्टले गरेको छ।

प्रकाशन मिति–२०७७ साल असोज ७ गते बुधवार ।