–प्रज्ज्वल घिमिरे
मान्छेको भावना विटुल्याउन
दगुरेर पसेको छ–सुक्ष्म आकारको राक्षस
आधुनिकतामा रंगिएर

विध्वंसतामा मुखरित भएको
नारीको वास्तविकता जस्तो
नकारात्मकतालाई पछ्याउंदै
सुस्त गतिको पवित्रतामा हिडेको दूरी
गन्तव्यविहीन भएको यात्राको कथालाई
पढ्न दुष्टहरुले रुचाएपनि

आज बन्द कोठाको उज्यालो झै
प्रकाशको वकालत गरिरहेको छ आवाज
रुंदै कहाँ विलायो–संसारैभरि खोज्दा
जिन्दगीलाई रोज्दा भेटाउन कसैले सकिएन

आकाशमा हराएको बादल
रोएर खेतका पाटाहरुलाई

सिञ्चित गर्दागर्दै थाकेर
थामिएजस्तो मान्छे स्वयम् बाँचेर

प्रकृति र मानवताको हत्या गरेका कारण
कोरोनाले गर्दा लागेको ताल्चा खोल्न नसकी
जगत ठप्प छ–अहिले

बन्द कोठाको कविको छन्द
मन्द गतिमा दगुरेर
परिवन्धमा परे जस्तो !


प्रकाशन मिति–२०७७ साल बैशाख २९ गते सोमवार ।