Phalebas Sichai 4काठमाडौ। व्यवस्थित सिंचाइ प्रणालीहरुमा विद्यमान संरचना तथा व्यवस्थापनमा देखिएका कमी तथा कमजोरीहरुमा आवश्यक सुुधारका माध्यमले ग्रामिण क्षेत्रमा व्याप्त गरिबी न्यूनिकरणमा सहयोग पुर्याउने मूल उद्देश्यका साथ सिंचाइ विभागले किसान व्यवस्थित सिंचाइ प्रणालीहरुको पुर्नः निर्माण तथा सुधारकालागि जन–सहभागितामा आधारित सिंचाइ क्षेत्र विकास कार्यक्रम सचालन गर्दे आएकोे छ।

Phalebas Sichai 2सोही क्रममा दातृ निकाय एशियाली विकास बैंकको ऋण सहयोगमा नेपालको पर्वत जिल्ला स्थित फलेवास सिंचाइ प्रणालीको सिंचाई ब्यवस्थापन हस्तान्तरण सम्बन्धी प्रारम्भिक सम्झौता–पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको सिंचाइ विकास सव–डिभिजन कार्यालय पर्वत फलेवासका प्रमुख राजेन्द्र कुमार श्रेष्ठले भिजन संसारलाई बताएका छन्।

Rajendra Kumar Shrestha

उक्त कार्यक्रममा उप–आयोजना कार्यान्वयनमा सिंचाइ विभाग तथा अन्य सरोकार वाला निकायहरुले आवश्यक सहयोग तथा सक्रिय सहभागिता हुने जानकारी पनि कार्यालय प्रमुख श्रेष्ठले भनेका छन्। प्रतिबद्धता जनाए भने जल उपभोक्ता संस्थाले पुनःनिर्माण पश्चात् सिंचाई प्रणालीको सञ्चालन, मर्मत सम्भारको सम्पूर्ण जिम्मेवारी बहन गर्दै प्रणालीलाई दिगोरूपमा सञ्चालन गर्ने अठोट पनि व्यक्त गरेको देखियो प्रमुख श्रेष्ठ भन्छन्।

Phalebas Sichai 5

सम्झौता–पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएवाट फलेवास सिंचाइ प्रणालीको पूनःनिर्माण तथा सुधार कार्यले तिब्रता लिने निश्चित देखिएको छ। । प्रणालीको निर्माण सुधारकालागि करिव रु. पाँच करोड बहत्तर लाख अन्ठानब्बे हजार पाँच सय र पैसा चौसठ्ठी लागत अनुमान गएिको छ भने प्रस्तावित कुल लागतको तीन प्रशितशले हुन आउने रकमको सत्र लाख बत्तीस हजार दुई सय दुई रुपैया वरावर उपभोक्ता संस्थाको सहभागिता रहने भएको छ।

सम्झौतामा उल्लेखित प्रावधान अनुसार नहर प्रणालीमा विद्यमान संरचनाहरुको सुधारका अतिरिक्त कृषि उत्पादन बृद्धि गर्न आवश्यक उन्नत विउ, प्राविधिक सहयोग, कृषि तालिम जल–व्यवस्थापन तालिम, जस्ता महत्वपुर्ण कार्यक्रमहरु संञ्चालन गरिने जानकारी पनि प्रमुख श्रेष्ठले दिएका छन्। यसका साथै समावेसी चरित्रको जल उपभोक्ता संस्थाको गठन, विधिवत संस्था दर्ता, नहर प्रणाली मर्मत संभार तथा संचालनकालागि उपभोक्ता संस्थालाइ सक्षम वनाउन आवश्यक तालिम कार्यक्रमहरु संचालन गरिने पनि प्रमुख श्रेष्ठ भन्छन्।

Phalebas Sichai 1प्रकाशन मिति–२०७३ साल जेठ १६ गते आइतवार ।