dron-cameraकाठमाडौ। नेपालमा अवैध रुपमा ड्रोन क्यामेरा उडाएर विदेशीहरुले बेलाबखत हैरान गर्ने गरेको पाइएको छ। सोमवार पर्वतको कुश्मा बजारमा तीन जना विदेशीले ड्रोन क्यामेरा उडाएको आरोपमा उनीहरुलाई पर्वत प्रशासनले पक्राउ गरेको छ।

अनाधिकृत रुपमा विना अनुमति त्यसरी त्यहाँ ड्रोन क्यामेरा उडाएर सुरक्षा संयन्त्रलाई खलल पार्ने ती तीन विदेशीमा अमेरिकी नागरिक भएको पुष्टि भएको छ। बडगाउँस्थित मुलुककै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामरा उडाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रोबर्ट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन छन्। उनीहरु मुक्तिनाथबाट पोखरा फर्कने क्रममा अग्लो पुलको अवलोकन गर्न यहाँ आएका थिए। प्रहरीले ड्रोनबाट खिंचेका सामग्री नष्ट गर्न लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शेखर खनालले बताए।

प्रकाशन मिति–२०७३ साल मंसीर १४ गते मंगलवार ।