काठमाडौ। अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको रोमान्टिक अभिनय रहेको म्युजिक भिडियो यतिखेर चर्चाको शिखरमा रहेको छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवा गायक सञ्जीव खरेलको सांगीतिक करियरकै पहिलो म्युजिक भिडियोमा पल शाह र करिश्मा ढकालले रोमान्स गरेका हुन्।

यी दुईको रोमान्स रहेको गीतको भिडियोको बोल मेरो माया रहेको छ। जसको शब्द, संगीत तथा गायन सञ्जीव खरेलकै रहेको छ। गोपाल रसाइलीद्वारा संगीत संगीत संयोजन तथा मिक्सिङ गरिएको उक्त गीतको म्युजिक भिडियोमा वियोगान्त रुपमा टुंगिएको एउटा प्रेम कथालाई चित्रण गरिएको छ।

उक्त म्युजिक भिडियोको निर्देश्ँन लक्ष्मण पौड्यालले गरेका हुन् । नेपाल आइडलको निर्देशन गरेर चर्चामा आएका निर्देश्ँक पौड्यालले यो भिडियोमार्फत निर्देशकिय क्षमतालाई थप प्रमाणित गरेका छन्।

https://www.youtube.com/watch?v=6DzloM7wNOI&feature=youtu.be
प्रकाशन मिति–२०७४ साल मंसीर ११ गते सोमवार ।