काठमाडौ। अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा निर्माण भएको अर्को नयाँ गीतको भिडियो रिलिज भएको छ।

Vetran Actor Mr. Pawan Joshi

नेपालभाषा चलचित्रका प्रथम नायक जय श्रेष्ठको विशेष अभिनय रहेको पवन जोशी निर्देशित हाकु-पर्सी बोलको गीत रिलिज भएको हो। यस गीतको भिडियोमा नेपालभाषा चलचित्रका प्रथम नायक जय श्रेष्ठको नायिकाको रुपमा शर्मिला महर्जनले अभिनय गरेकी छन्।

रत्नकुमार र कल्पना कपालीको गायन रहेको छ। शव्द तथा संगीत गोविन्द ह्यूमतले दिएका छन्। सम्पादन तथा छायाँकन राजेश शाक्यको रहेको छ भने, म्युजिक भिडियोको निर्माण रामकृष्ण खड्गीले गरेका छन्।

प्रकाशन मिति–२०७६ साल कात्तिक २५ गते सोमवार ।