ललितपुर। नेपालभाषा तथा नेपाली दुवै भाषामा निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोहरुमा अग्रता दिने कार्य अग्रज अभिनेता एवम् निर्देशक पवन जोशीवाट भएको छ।  एक पछि अर्को गरेर सात दर्जनभन्दा म्युजिक भिडियोको निर्देशनमा र्कीर्तिमान नै कायम गरिसकेका निर्देशक जोशीले पछिल्लो गीतको भिडियोको पनि निर्देशन गरेर थप कीर्तिमान कायम गरेको हो।

ललितपुरको लुभुमा छायाँकन गरिएको “छंगु जिगु मतिना।।।” बोलको गीतको भिडियोको निर्देशन गरेका निर्देशक जोशीको लागि यो भिडियो थप आयामिक भिडियो बन्न पुगेको छ। मेधावी गायक कृष्ण महर्जन र गाियका सरस्वती मानन्धरको अतुलनीय गायन रहेको “छंगु जिगु मतिना।।।” बोलको गीतको भिडियोमाअमर शाक्य र दिश्मा श्रेष्ठ शाक्यको अनुपम अभिनय रहेको छ ।

यस भिडियोमा कोरियोग्राफी तथा श्रृंगार उमिशा पाण्डेले गरेकी छन्। कृष्णभक्त श्रेष्ठ केबिएस लुभुको परिकल्पनामा निर्माण भएको उक्त म्युजिक भिडियोको सम्पादन शैलेश श्रेष्ठले गरेको जानकारी पनि निर्देशक जोशीले दिएका छन्। यो गीतको भिडियो केही दिनअघि मात्र सार्वजनिक भएको छ।

सार्वजनिक भएको लगतै यस गीतको भिडियोको व्यापक चर्चामा आएको छ। नयाँ कलाकारहरुलाई पनि जीवन्त अभिनय गराउन सफल निर्देशक पवन जोशीको खुबीको तारिफ नगर्ने कोही भएन। सवैले वाहवाही मात्र भनेको पाइयो।

प्रकाशन मिति–२०७९ साल असार ३२ गते शनिवार ।