काठमाडौं। एक पछि अर्को भगवान बुद्धको आराधना सहितको बुद्धमय गीतको भिडियो निर्देशन गर्दैआएका अग्रज अभिनेता पवन जोशीले शनिवार अर्को बुुद्ध भजन गीतको भिडियोको निर्देशन गरेका छन्।

नानीमैंया महर्जनको स्वर तथा संगीत रहेको गीतको भिडियोलाई निर्देशक जोशीले मान्छे भएर बाँच्नुको सारअर्थ बोलको गीतको भिडियो निर्देशन गरेका हुन।

मोहनदेवी महर्जनको शव्द रचना रहेको भिडियोको छायाँकन काठमाडौंको कमलपोखरी स्थित बुद्ध विहार तथा स्वयम्भुनाथ परिसरमा भएको जानकारी निर्देशक जोशीले दिएका छन्।

भिडियोको छायाँकन तथा सम्पादन राजेश शाक्यको रहेको छ। भिडियोमा मोहनदेवी, नानीमैंया, दिनेश, श्याम, रजनी, ज्ञान लगायतका कलाकारहरुले अभिनय गरेका छन्।


प्रकाशन मिति–२०७७ साल साउन २५ गते आइतवार ।