Vetran Actor & Director Mr. Pawan Joshi

काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्रका अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा हालसम्मकै गंभीर भिडियो निर्माण भएको छ। आमा नहुनुको पीडा र गंभीर क्षणलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य निर्देशक जोशीवाट भएको हो।

नेपालभाषाको पछिल्लो म्युजिक भिडियो करुणा भयब्युमा निर्देशक जोशीले गंभीरतालाई मार्मिक ढंगवाट प्रस्तुत गरेका छन्। इन्द्रेणी सांस्कृति समाजको प्रस्तुति रहेको उक्त गीतको भिडियो बुधवारवाट विश्वव्यापी रिलिज भएको छ। जसमा विजय महर्जन, सनिषा महर्जन, जमुना महर्जन लगायतका कलाकारहरुको स्वभाविक अभिनय रहेको छ।

मीन कुमारी महर्जनको गायन, शंभुराम महर्जनको गीत तथा संतोष महर्जनको संगीत रहेको छ। गीतको भिडियोको छायाँकन तथा सम्पादन राजेश शाक्यले गरेका छन्।

प्रकाशन मिति–२०७७ साल माघ २८ गते बुधवार ।