काठमाडौं। गीतको भिडियोमा अक्सर गायक–गायिकालाई छायाँमा पार्ने गरेको हुन्छ। उनीहरुको स्थानमा नायक–नायिका तथा मोडलहरु प्रयोग गर्ने गरेको परम्परालाई तोड्ने कार्य भएको छ।

Vetran Film Director & Writer Mr. Pawan Joshi

ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीले निर्देशन गरेको हे बुद्ध भगवान बोलको भजन गीतको म्युजिक भिडियोमा नायक–नायिका तथा मोडलहरुलाई प्रयोग नगरिकन संवन्धित गीतका गायक–गायिकाहरुलाई नै प्रयोग गरिएको छ।

निर्देशक जोशीको निर्देशनमा तीन घण्टामा छायाँकन संपन्न गरिएको हे बुद्ध भगवान बोलको गीतको भिडियोमा गायक जुजुकाजी रञ्जित, गायिका रमना श्रेष्ठ, गायक प्रवेशमान शाक्य र गायिका अगिना तण्डुकारले आफैले गीत गाएर अभिनय गरेका छन्। जुन गजबमय ऐतिहासिक बनेको छ।

बि.नन्द बैद्यको गीत रचना तथा डबल शाक्यको संगीत रहेको गीतमा अनिल तुलाधरको एरेञ्ज र विजय मास्कीको रेकर्डिङ रहेको छ। गीतको भिडियोको छायाँकन तथा सम्पादन राजेश शाक्यले गरेका हुनभने, मेकअप सनमकुमार घायलले गरेका थिए।

प्रकाशन मिति–२०७७ साल फागुन १४ गते शुक्रवार ।