काठमाडौं। ख्यातिप्राप्त अभिनेता पवन जोशी हिजोआज अभिनयमा भन्दा गीत लेखन तथा म्युजिक भिडियो निर्देशनमा व्यस्त बनिरहेका छन्। यो बर्ष एक पछि अर्को गरेर अभिनेता जोशीका गीत रेकर्ड हुंदैआएको छ।

यसक्रममा ६० औं गीतको रेकर्डिङ भएको छ । गायिका अगिना तण्डुकारको गायनमा राजमति कुमतिधाल नुगः जिगु ख्वल बोलको गीत रेकर्ड भएको हो। अनिल तुलाधरको संगीत संयोजनमा गीत रेकर्ड भएको थियो।

नेपालभाषामा रेकर्ड भएको उक्त गीतको चाँडै नै म्युजिक भिडियो तयार हुने भएको छ। मन छुने मिठो गीत गाउन पाउंदा गायिका अगिना तण्डुकारले आफूलाई अत्यन्त गौरबता महशुश भएको वताएका छन्।
प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।