काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गर्दा सवैतिर डामाडोल भैरहेको वर्तमान अवस्थामा फिल्मी क्षेत्र पनि अछुतो हुन सकेको छैन्। चार महिना लामो लकडाउनमा फिल्मी क्षेत्र बर्बाद भैरहेको अवस्थामा फिल्मी कलाकार तथा प्राविधिकहरु जेरोवाट फेरि उठ्ने प्रयास गरिरहेका छन्।

यस क्रममा फिल्म बन्ने र बनाउने क्रमको शुभारम्भ हुन नसकेतापनि म्युजिक भिडियोका कार्यहरु धमाधम हुन थालेको छ। यस क्रममा नेपाली चलचित्र उद्योगका सिद्धहस्त अग्रज अभिनेता पवन जोशीले एक पछि अर्को गरेर म्युजिक भिडियो निर्माण तथा निर्देशन गरेर लकडाउन अघि रेकर्ड राख्दैआएको क्रममा लकडाउन पछि फेरि त्यसलाई निरन्तरता दिने कार्य गरेका छन्।

लकडाउनको अन्त्यसंग जुर्मुरेका अग्रज अभिनेता पवन जोशीले विश्वभर आक्रान्त भैरहेको कोरोना कहरको अन्त्यको कामना गर्दै शान्तिमय बुद्ध भजनको म्युजिक भिडियो तयार पारेका छन्। चाँडै नै रिलिज हुने क्रममा रहेको बुद्ध भजन भिडियोमा गीत गायन मोहनदेवी महर्जनले गरेकी हुन। रितेश महर्जनको गीत तथा जीवित जल्मीको संगीत रहेको छ। राजेश शाक्यको छायाँकन तथा सम्पादन रहेको छ।


प्रकाशन मिति–२०७७ साल साउन १८ गते आइतवार ।