काठमाडौं। लकडाउन अवधिभर भगवान पशुपतिनाथको गोरखनाथ परिसरमा तहल्का मचाउने अभिनेत्री जेनी कुंवर ६ महिना अलप बनेर नेपाल फर्केकी छन्। चर्चाको व्यापक शिखरमा पुगेकी सूर्यबंशी नेपाली अभिनेत्री कुंवर ६ महिना पछि फेरि फर्केकी हुन्।

कोरोनाभाइरसको महामारीको गत चैत ११ गतेवाट नेपालभर लकडाउन हुंदा हरेक दिन पशुपति गोरखनाथ परिसरमा पुगेर भजन कीर्तन गरेर त्यहाँका संगति तथा विसंगतिको भण्डाफोर गर्ने अभिनेत्री विश्वकै नजरमा परेकी थिइन्। सही र तथ्यगत कुराको भण्डाफोर गर्दा अभिनेत्री कुंवर माथि पशुपतिमा आक्रमण समेत भएपछि पाँच दिन प्रहरीले समेत कुंवरलाई नियन्त्रमा लिएको थियो।

गौशाला प्रहरी परिसरमा रहदा प्रहरीले माइतिले चेलीलाई जस्तो राम्रो व्यवहार गरेको भनेर आज आइतवार भारतको नयाँ दिल्लीमा ६ महिना बसेर फर्केको लगतै नेपाल आएपछि भिजन संसार डटकमसंगको संक्षिप्त कुराकानीमा बताएकी छन्। संक्षिप्त कुराकानीमा वाहिरको राजनीतिभन्दा पशुपतिभित्रको राजनीति अझ कडा र खतरनाक भएको आफूले पाएको अभिनेत्री कुंवरले वताएकी छन्।

आफू कुनै माता तथा देवी नभएको र सत्य कुरालाई वोल्ने यथार्थवादी मात्र भएको भनेकी छन्। पशुपतिको चार महिनाको बसाईमा व्यापक तहल्का भएपछि दिल्ली गएर उतै बसेकी अभिनेत्री कुंवर सञ्चार संपर्कभन्दा वाहिर वसेकी थिइन्। ६ महिना संपर्क वाहिर बसेर नेपाल फर्केकी अभिनेत्री कुंवर केही समय आरामकै मूडमा रहने भएकी छन्। कोही कसैसंग संपर्कमा नहुने पनि भनेकी छन्।

 

प्रकाशन मिति–२०७७ साल माघ २५ गते आइतवार ।