काठमाडौ। यो बर्षको महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा गाँजाजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकारको प्रयास सफल हुन सकेन। अघिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि पशुपति क्षेत्रमा गाँजाको निर्वाद रुपमा व्यापार भएको देखियो।

Shivaratri 1

जय शम्भो भन्दै गाँजा तान्ने र गाँजा बेच्ने भारतवाट आएका नाँगा बाबाहरु देखि साधु बाबाहरु नै बढी देखिए। उनीहरुका गाँजा किन्ने र खाने नेपालीहरुको हानथाप हेर्दा महाशिवरात्री भनेकै गाँजा तान्ने दिवस जस्तै प्रतित भएको छ।

नेपाल सरकार र पशुपति क्षेत्र विकास कोषले यस विरुद्ध कडाइका साथ अवलम्वन गरिएको भनिएतापनि खासै त्यसको उल्लेखनिय प्रभाव देखिएन। गाँजा तान्ने र विक्री गर्नेहरुको जमातले सरकारको जस्तोसुकै नियम आएपनि महाशिवरात्रीको दिन त्यस नियमले खासै असर नपारेको प्रतित भएको छ।

Sadhu in Pashupatinath 2नेपालीमा एउटा उखान छ । पशुपतिको यात्रा सिद्राको व्यापार । महाशिवरात्रीको दिन शुक्रबार पशुपति क्षेत्रमा यतत्र यस्तै देखियो। भारत र वरपरवाट आएका जोगीबाबाहरु पशुपतिको यात्रा सिद्राको व्यापार गर्न माहिर देखिए। उनीहरुलाई बढावा दिने स्वदेशीहरुको तौर–तरीकाले त्यो व्यापारलाई अपार बनाइदिएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन १३ गते शुक्रबार । (महाशिवरात्री)