काठमाडौं। पश्चिम नेपालको बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ।शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो। बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। ‘यो नयाँ भूकम्प हो। पराकम्पन होइन।

यसअघि, यही गत कात्तिक ११ गते मुगु केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसअघि, कात्तिक ५ गते उदयपुर केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडकै भूकम्प गएको थियो । केन्द्रकाअनुसार यी पनि नयाँ भूकम्प नै हुन् । विनाशकारी ‘गोरखा भूकम्प’का पराकम्पन होइनन्।

शुक्रबार बिहानको बाग्लुङ भूकम्पको धक्का छिमेकी जिल्लाहरु गुल्मी, प्यूठान, रोल्पा र रुकुममासमेत महसुस भएको स्थानीयहरुको भनाई छ। सो भूकम्पले अहिलेसम्म कुनै क्षति पुर्‍याएको कुनै विवरण भने आएको छैन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक १५ गते शुक्रवार।