काठमाडौं। विश्वमा रहेका सवै मानवको कल्याणका लागि महादेवी नृत्य गरेर अनेक चमत्कार गर्दैआएकी नेपालकी पश्मिना व्यवसायी रविना श्रेष्ठले अर्को चमत्कार गरेकी छन्। त्यो चमत्कार फेसनको दुनियामा व्यावसायिक मोडलहरुले भन्दा पनि अत्यन्त राम्रो ढंगवाट क्याटवाक गरेर पश्मिना व्यवसायी रविनाले चमत्कार गरेकी हुन्।

रविनाले शुक्रवार ललितपुरको सानेपामा आयोजित बेग्लै ढंगको बैभवशाली फेसन–शोमा रविनाले गजबले क्याटवाक गरेर मज्जाले सवैलाई नचाउन समेत सफल बनेकी छन्। नांगो खुट्टा एण्ड जुम्बा पार्टी फेसन–शोको आयोजनामा आयोजित फेसन–शोमा व्यावसायिका मोडलहरुले भन्दा प्रभावशाली क्याटवाक गरेर सवैको वाहवाही पाउन रविना सफल बनेकी हुन्।

फेसन तथा मोडलिङको खासै कुनै तालिम तथा शिक्षा नलिएतापनि स्वेच्छाले फेसन–मोडलिङमा क्याटवाक गरेकी रविनाको गुरु भनेकै रविना आफै भएको उनले खुलासा गरेकी छन्। सन् २०१३ सालवाट पश्मिनाको प्रमोसनका लागि आफैले फेसन–शोमा क्याटवाक गर्दै आएकी रविनाको र्याम्पमा यो दोश्रो क्याटवाक हो।

नौ बर्षको उमेरवाटै फेसन–मोडलिङमा रुचि भएको बताउने उनी सन् २०१३ वाट भने आफ्नो रहरलाई पूरा गर्न सफल भएको उनको भनाई रहेको छ। महादेवी नृत्यमा चमत्कार नै गर्दैआएकी उनी अव फेसन–मोडलिङमा पनि जम्दै जाने भन्छिन्।

फेसन–मोडलिङवाट नेपाली पहिरनको विश्व वजारमा मार्केटिङ गर्ने पक्षमा उनी रहेकी छन्। उनले यो बर्ष गरेको गजबको नेपाली मटेरियलवाट उत्पादित लेहेगाको तौल मात्र पनि १५ केजी रहेको थियो। त्यति धेरै वजनदार पहिरन लगाएर मज्जाले क्याटवाक गर्न र त्यसको अलावा सोही पहिरनमा डान्स गरेर गजबै गरेकी थिइन्।

Rabina Shrestha (Propritor)
FAIR PRICE PASHMINA SHOP.
LAZIMPAT.. opp.of Ward No. 2.
Kathmandu, Nepal.
प्रकाशन मिति–२०७५ साल असोज २१ गते आइतवार ।