Gorkhaland in Darjeeling 2काठमाडौ। पहाडकी रानी दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु भएको छ। ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ।

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङको कार्यालयमा प्रहरीले छापा मारेको विरोधमा शनिबार मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । यसपछि दार्जिलिङ आसपासको क्षेत्रमा हिंसा भड्किएको थियो। भारतमा अलग्गै गोर्खाल्यान्ड राज्यको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको गोरखा जनमुक्ति मोर्चाले यो घटनापछि दार्जिलिङसमेत उत्तर बंगालको सम्पूर्ण पहाडी क्षेत्रमा बन्दको घोषणा गरेको छ।

यो घोषणापछि दार्जिलिङमा कर्फ्युकोजस्तो अवस्था रहेको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन्। उत्तर बंगालको पहाडी क्षेत्रमा बंगाली भाषाको पढाइ अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको निर्णयविरुद्ध नेपालीभाषी केही दिनयता आन्दोलनमा छन्।

Gorkhaland in Darjeeling 1प्रकाशन मिति–२०७४ साल असार ३ गते शनिवार ।