काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नंबर २ स्थित लिदी गाउँ सिङ्गो गाउँ नै भीषण पहिरोमा परेका पहिरो पीडितहरुलाई राहत सहयोग गर्ने कार्य भएको छ। लिदीवाट ५ घण्टाको हिडाइमा शेलाङको बासखर्क पुगेर अस्थायी वसोवास गरिरहेका पहिरो पीडितहरुलाई शनिवार राहत प्रदान गर्ने कार्य भएको हो।

काठमाडौंको टोखा नगरपालिका जाल्पाचोकवाट पर्यटन उद्यमी तथा सामाजिक अभियन्ता एवम् युवा नेता भीषण महर्जनको नेतृत्वमा पुगेको टोलीले उक्त विकट स्थानमा आफै वाटोमा रहेका अवरोध तथा पहिरो पन्छाउंदै कठिनपूर्वक राहत वितरण गरेर फर्केको छ।

१७२ भीषण पहिरो पीडितहरुलाई राहत दिने कार्य भएको जानकारी युवा नेता भीषण महर्जनले भिजन संसार डटकमलाई दिएका छन्। युवा नेता महर्जनका अनुसार, प्रत्येक घरधुरीलाई २५ केजी चामल, ५ केजी दाल, ४ लिटर तेल, २ पाकेट नुन, २ केजी चिनी र १ पाकेट चियापती राहत बितरण गरिएको छ। जसमा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालको समेत सहभागिता रहेको थियो।

उक्त राहात बितरण गर्न Hoffmann Family (Germany) र Hope Alliance (Australia) यसका स्वास्थ्य सेवी तथा समाजसेवी वाङ्चुक राप्तेन लामा,समाजसेवी पेमा नुर्बु लामा र युवा नेता तथा समाजसेवी भीषण महर्जनको समन्वयवाट राहत वितरण गरिएको हो ।

राहत वितरण गर्ने कार्यमा भीषण पहिरो पीडित सोही गाउंपालिकाका नेकपाका नेता रेशम स्याङ्बो, वडाका अध्यक्ष प्रताप लामा, टोखा नगरपालिकाका दामोदर पाण्डे, श्याम कृष्ण डंगोल, माधब घिमिरे (अटल्) र राजु शर्माको सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।