काठमाडौ। पहिला एसएलसी अहिले यही एसएलसीलाई माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई भनेर परीक्षा संचालन हुंदैआएको छ। यही एसईई परीक्षा आज विहीवारवाट नेपालमा एकै साथ शुरु भएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नेपालको ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी बनेका छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् ।

परीक्षा नियन्त्रण कार्यालयले १ हजार ९ सय ५६ केन्द्रमा परीक्षा सञ्चालन भएको छ। साधारणतर्फको परीक्षा चैत्र १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म परीक्षा संचालन हुने भएको छ।

आगामी वर्षदेखि भने प्रदेशस्तरमा एसईई परीक्षा संचालन हुने तयारी रहेको पनि जनाइएको छ ।
प्रकाशन मिति–२०७४ साल चैत्र ८ गते विहीवार ।